काठमाडौँ। काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेकाे चौरीदेउराली गाउँपालिका-३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र सोही पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् ।
उनीहरूको साथबाट ३० लाख ७ हजार रुपैयाँ बरामद भएको छ ।
हुण्डी कारोबारको सुराकको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।