गोवा । भारतको गोवामा बस्दै आएका एक नेपालीले आत्महत्या गरेका छन् । स्थायी ठेगाना बाँके राप्ती सोनारी गाउँपालिका वडा नं ४ घर भएका सुरज बुढामगरले आत्महत्या गरेका छन् ।
अगष्ट २६ गतेका दिन उनले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी रोजगारीको सिलसिलामा केहि महिनादेखि गोवामा बस्दै आएका प्रगतिशील नेपाली समाज गोवाका सचिव अर्जुन कार्कीले बताए । मृतक सुरजका बुवा पनि गोवामै रहेका छन् ।
सुरजले के कारणले आत्महत्या गरे खुलेको छैन । यो घटनाका बारेमा गोवा प्रहरीले अनुसन्धान गरिरहेको संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि बाँकी कुरा थाहा हुनेछ । उनको हिजै अन्त्यष्टि गरिएको छ ।
उनको अन्त्यष्टिको लागि त्यहाँ रहेका नेपालीले रु १४,८०० नेपाली रुपैयाँ आर्थिक सयोग गरेको जुटाएका थिए । गोवामा विभिन्न कारणले नेपालीको मृत्यु हुँदै आएको छ ।