काठमाडौँ। प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले संवैधनिक परिषद्सम्बन्धी अध्यादेशको मुद्धा नहेर्ने घोषणा गरेका छन् ।
शुक्रबार यससम्बन्धी लामो बहसपश्चात् संवैधनिक परिषद्सम्बन्धी अध्यादेशको मुद्धा नहेर्ने भन्दै प्रधानन्यायाधीश जबराले यस्तो घोषणा गरेका हुन् ।
उनलाई रिट निवेदकहरुले उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न दबाब दिएका थिए । यससँगै उनले इजलासमा नबस्ने र मुद्धाको फैसलाको दिन विदामा बस्ने घोषणा गरे ।
अब मुद्दाको सुनुवाइ बरिष्ठ न्यायाधीश दिपककुमार कार्कीले गर्ने भएका छन् । उनले कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।