काठमाडौं । नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदी नियुक्त भएका छन् ।
आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।