• फाल्गुन २८ २०८२, बिहीबार

कारबाही रोक्न माग गर्दै माधव पक्षीय १४ सांसद संसद सचिवालयमा

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसद संसद् सचिवालय पुगेका छन् । आफूमाथि गरिएको कारवाही रोक्न माग गर्दै बुधबार उनीहरु सचिवालय पुगेका हुन् ।

एमालेले ह्वीप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कुमुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरावेदी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुत, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीमाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा जारकारी दिएको थियो ।

यही कारबाही रोक्न माग गर्दै १४ सांसदको संयुक्त पत्र लिएर सांसद विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् ।