• फाल्गुन २७ २०८२, बुधबार

मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीमा प्रदेशसभा स्थगित

श्रावण २७ २०७८, बुधबार

लुम्बिनी। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो ।

बुधबार दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए ।

सत्तारुढ नेकपा एमालेले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए । दोस्रो बैठकमा मुख्यमन्त्रीले नै राजीनामा दिएको जानकारीपछि प्रक्रिया अघि नबढाइ बैठक पुन स्थगित गरिएको हो।