• फाल्गुन २७ २०८२, बुधबार

नेपाल निकट युवा संघले केन्द्रदेखि स्थानीय तहसम्म ‘पीभी’ गठन गर्ने

श्रावण २२ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय युवा संघ नेपालले भदौ मसान्तसम्म केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ ।

संघको केन्द्रीय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै संघले साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो ।

पीभीलाई शिक्षा, स्वास्थ्य, सुशासन, वातावरण संरक्षण, उद्धार तथा राहतको कार्यमा परिचालन गरिने संघले जनाएको छ । ‘महिनामा २ दिन-२ घण्टा मेरो राष्ट्रका लागि’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष नरेशकुमार शाहीले बताए । नेपालमा बसोबास गर्ने र खोप लगाउन योग्य सबै समुदायहरूलाई छिटोभन्दा छिटो, सहज र सर्वसुलभ रुपमा खोपको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको उनले बताए ।

संघले एमाले भइरहेको अन्तरसंघर्ष र देखिएका समस्याका मूलरुपमा अध्यक्ष केपी ओलीको शैशीका कारण उत्पन्न भएको निष्कर्ष निकालेको शाहीले बताए ।
यस्तै, संघले मातहतका कमिटीमा भेला र बैठकहरु आयोजना गर्ने निर्णय गरेको छ भने अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य र प्रभावकारी ढंगले देशैभरी मनाउने निर्णय पनि गरेको छ ।