काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दार्चुलाको महाकाली घटनाका सन्दर्भमा शंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै थापाले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले कसरी दिलाउने भनेर प्रश्न गरेका छन् ।
सांसद थापाले भने, ‘जय सिंह धामीको मृत्युबारे आफ्नो संलग्नता नभएको बताइरहेको छ। अब छानविन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्छ? छानविन समितीले सत्य तथ्य ल्याउँछ भन्ने कुराको विश्वास कसरी गर्ने?
साथै,उनले १०१२ मा इटलीनमरिनहरूको गोलीले २ जना भारतीय मछुवारको हत्या हुँदा भारतीय सरकार तीन चार वर्षसम्म लगातार लडेको उदाहरण देखाउँदै थापाले भने, ‘जयसिंह धामीको हत्याको सन्दर्भमा सत्यतथ्य बाहिर आइसकेपछाडि नेपाल सरकारले जसरी भारत इटलीसँग लड्यो त्यसैगरी हाम्रो सरकार भारतसँग त्यस्तैगरी जमेर, डटेर लड्छ भन्ने विश्वास गृहमन्त्रीले कसरी दिलाउनुहुन्छ?