काठमाडौँ। नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई देउवा सरकारले खारेज गर्नुपर्ने बताएकी छिन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले वर्तमान सरकारको काम संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रको बाटोमा हिड्ने मात्र नभएर अघिल्लो सरकारको गलत निर्णयलाई सच्याएर अघि बढ्नु पनि रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘सरकारले संविधानलाई ट्र्याकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्छ।’
त्यस्तै उनले जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी जग्गा विक्री गर्ने अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भन्दै सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ वर्तमान सरकारको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, यसको एउटा राम्रो उदाहरण हो- झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’,