काठमाडौँ। कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो ।
सर्वाेच्चको फैसलासँगै प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा कुर्मराज शाही र नन्द सिंह बुढा सांसद पदबाट बाहिरिएका छन् ।