काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड आइतबार बिहान नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
दुई नेताबीच भएको भेटवार्तामा सरकार विस्तार र नेपाल पक्षको सहभागिताबारे छलफल भएको जनाइएको छ ।
गत शुक्रबार पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो ।