• फाल्गुन २७ २०८२, बुधबार

जसपा लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौँ। लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै पदमुक्त भएको जानकारी दिएको हो ।

सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा रहेकाले सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ । पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले तीन मन्त्रीको पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार निवेदन दर्ता गरेको थियो ।

गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए । पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको र पटक पटक पार्टीको ह्विप उल्लंघन गरेकाले जसपाले जनाएको छ।

सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएपछि उनलाई कारबाही नगरेको जसपाले जनाएको छ।