काठमाडौँ। चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा दिएको रिट आज बिहीवार हेर्न नभ्याइनेमा परेकाे छ ।
न्यायाधीश दिपककुमार कार्कीको इजलाशमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो ।
आफूहरूले नेकपा माओवादी केन्द्र परित्याग नगरेकाले सांसद पद पुनर्बहालीको माग गर्दै एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट , टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरी चारै जनाले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।उनीहरुले निर्वाचन आयोग, संसद सचिवालय र माओवादी केन्द्र पार्टीलाई विपक्षी बनाएका छन् ।
यसअघि नेकपा एमालेतिर लागेको भन्दै माओवादी केन्द्रको सिफारिसमा संसद सचिवालयले सांसदहरूलाई पदमुक्त गरेको थियो ।