काठमाडौँ। नेकपा एमाले नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाली कांग्रेसको महाधिवेशनबारे व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै बाँस्कोटा देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ उनले गरेको निर्णयलाई कस्ले निरंकुश भन्दो रहेछ हामी पनि हेरौ त भन्दै व्यङ्ग्य गरेका छन् ।
त्यस्तै उनले काँग्रेसले महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न नसक्ने दावी समेत गरेका छन् ।
मौका पाए काँग्रेसले अधिवेशन डेढ वर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने उनको भनाइ छ। ।
उनले लेखेका छन् ‘मैले त पहिल्यै भन्या छु- कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ नपाए अब वडातहको गर्छ । तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सिधै महाधिवेशन गर्छ’ बाँस्कोटाले ट्वीट गरेका छन् ‘देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछ ? हामी पनि हेरौँ त !’