काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।उनीहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्डसँगको भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार तर्फ प्रस्थान गरेका छन् । सम्भवत अबको केही दिनमै मन्त्रिमण्डल बिस्तार हुनेछ ।
यसअघि बुधबार बसेको गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।