• फाल्गुन २७ २०८२, बुधबार

पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका चार नेताद्वारा सर्वोच्चमा रिट दायर

श्रावण १३ २०७८, बुधबार

काठमाडौँ। माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि चार पूर्व सांसद सर्वोच्च अदालत गएका हुन् । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइको पेशी विहीबारका लागि तोकेको छ ।

ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै चैत २६ गते माओवादीले उनीहरूलाई सांसद पदबाट हटाएको थियो ।