• फाल्गुन २७ २०८२, बुधबार

माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने

श्रावण १३ २०७८, बुधबार

काठमाडौँ। माधव नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । पार्टी एकताकै दिशामा रहेकोले अहिले नै सरकारमा सहभागी हुन नेपाल समूह असहमत भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहन गठबन्धनका सबै दलहरुका नेताहरुलाई बोलाएर बैठक गरेका थिए । सो क्रममा माधव नेपाल    समूहको प्रतिनिधित्व गदै बैठकस्थल पुगेका डा. विजय पौडेलले तत्काल सरकारमा सहभागी हुन नसकिने भनेर प्रतिकृया दिएको स्रोतको भनाइ छ ।

बिहानको बैठकमा गठबन्धनका सबै नेताहरुलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेका थिए । तर पौडेलले भने एमाले एकताकै पक्षको दिशामै रहेकाले सरकारमा सहभागी हुन तत्काल सम्भव नरहेको प्रतिकृया दिएको बुझिएको छ ।

यसअघि वरिष्ठ नेता माधव कुमार नेपालले एकताको प्रकृयासँगै सरकारमा सहभागी हुने बताउदै आएका थिए।