• फाल्गुन २७ २०८२, बुधबार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषद विस्तारको तयारी

श्रावण १३ २०७८, बुधबार

काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनमा आवद्ध जानता समाजवादी पार्टी )जसपा)लाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेकाले जसपालाई सरकारमा सहभागी गराउने बिषयम छलफल हुने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।