• फाल्गुन २७ २०८२, बुधबार

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता

श्रावण ११ २०७८, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ । यादव समूहमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य रहेपछि निर्वाचन आयोगले सोमबार उक्त समूहलाई पार्टीको आधिकारिकता दिएको हो ।

पार्टीको आधिकारिकता दिनुअघि सोमबार जसपाको यादव समूह र महन्थ ठाकुर समूह गरि दुवै समूहलाई आधिकारिकताबारे आयोगमा बोलाइएको थियो । त्यसपछि आयोगले ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जसपामा दुवै समूहको ‘हेड काउन्ट’ गरेको थियो।

५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। रेशम चौधरी भने तटस्थ बसेका थिए ।

यादव पक्षमा बहुमत रहेपछि उक्त समूहलाई आयोगले पार्टीको आधिकारिकता दिएको हो ।