• फाल्गुन २७ २०८२, बुधबार

निर्वाचन आयोग पुगेर रेशम चौधरीले भने- ‘म दुबै पक्षमा खुल्दिन, तटस्थ बस्छु’

श्रावण ११ २०७८, सोमबार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

सोमबार दिउँसो निर्वाचन आयोग उनलाई पुर्‍याइएको हो । यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो ।

उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।

यसैबीच चौधरीले आफू कुनै पक्षमा नलागि आफू जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने निर्णय गरेका छन् ।