काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको छ।
आयोगको उक्त निर्णयविरूद्ध ठाकुर सर्वोच्चमा पुगेका थिए। उनले उक्त सनाखत रोक्न माग गर्दै रिट दिएका थिए।
आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।