• फाल्गुन २७ २०८२, बुधबार

एमाले गुण्डा दल होइन: ओली

श्रावण १० २०७८, आईतवार

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गुण्डा दल नभएको बताएका छन् । अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले परिपक्व राजनीतिक दल भएको र कुनै गुण्डा दल नभएको बताए ।

उनले भने, ‘एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो। यसलाई देशको मुहार फेर्ने अभिभारा छ।’

त्यस्तै अध्यक्ष ओलीले नेकपा एमालेलाई देशको मुहार फेर्ने अभिभारा भएको बताए ।

देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको उनको भनाइ थियो। उनले भने, ‘केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ,’ उनले भने, ‘देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ।।

आफूविरूद्ध मुख छाडेर कसैले जीविका चलाउछ भने उनी आफैँ खुसी हुने उनले बताए । उनले भने, ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु। त्यस्ता केही दर्जन मानिस छन्, तीन करोड नेपालीमा। भ्यागुताले इनारको प्वालबाट देखे जति धर्ती र आकास ठानेजस्तै !’

त्यस्तै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई क्षमा गरेको भन्दै पार्टीमा फर्किन आग्रह गरेका छन् ।