काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आज बोलाइएको छ । महाराजगञ्ज स्थित महामन्त्री डा शशांक कोइरालाको निवासमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको काम कारवाही र महाधिवेशनबारे छलफल हुने बताइएको छ।
कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ। भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा आशंका उत्पन्न भएको छ।
त्यसैगरी मन्त्रिपरिषद विस्तार, पौडेल पक्षबाट मन्त्री नियुक्तिलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ। ।
बैठकमा पौडेल पक्षका नेताहरु महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायत सहभागी हुनेछन्।