• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेसको वडा तहको अधिवेशन स्थगित

श्रावण ९ २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी वडा तहको अधिवेशनलाई स्थगन गर्ने सहमति भएको बताइएको छ।

काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने बताउँदै आएको छ ।