काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।