काठमाडौँ। राप्रपा अध्यक्ष कमलथापा र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष थापालाई भेट्न शुक्रबार बिहान चन्द उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको थापाले जानकारी दिएका छन् । विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको उनको भनाई छ ।
चन्दले पछिल्लो समय सबै दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।