• फाल्गुन २७ २०८२, बुधबार

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक शुरु

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरू भएको छ। शुक्रबार बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक शुरु भएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा मुख्यत कांग्रेसको १४औँ महाधिवेशन तयारीमा केन्द्रित रहेर छलफल हुने छ।

त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।