• फाल्गुन २७ २०८२, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ आजको कार्यसूची

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौँ। पुनस्थापित प्रतिनिधिसभाकाे दाेस्राे बैठक आज बस्ने भएकाे छ । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय भएकाे हाे ।

आज बस्‍ने बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्‍बन्धी समितिको प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची छ ।