जापान । जापान सरकारले अब झन विद्यार्थी भिसामा आउन चाहनेहरुलाई थप कडाई गर्ने भएको छ ।
कोभिड महामारीका कारण झण्डै डेढ वर्षदेखि नयाँ भिसा बाहक विद्यार्थीहरुलाई प्रवेश रोकिराखेको जापान सरकारले हालै भएको एक पत्रकार सम्मेलनमा मुख्य सचिब खाचुनोबु खातोउले जनाए अनुसार,जापानले विदेशी विद्यार्थीहरुकोलागि भिसा मापदण्डमा कडाई गरेको छ । उनका अनुसार अब विदेशी विद्यार्थीहरुलाई भिसा दिने समयमा सम्भावितविद्यार्थी जापान आउनु अघि कुनै सैन्य गतिविधिहरुसंग सम्बन्धित कम्पनी या संगठनहरुमा आवद्द छ छैन भन्नेबारे पनि शुक्ष्म रुपमा अध्ययन गरिनेछ । यस अघि विद्यार्थीको पेशा वा आवेदन दिएको बेलामा उनिहरुको पछिल्लो शैक्षिकप्रमाणपत्र तथा बैंक व्यालेन्स जस्ता कुराहरुको मात्रै जानकारीहरु जरुरी रहने गर्दथ्यो ।
यहि जुलाईबाट लागु भएको नियम अनुसार,अब भने यस अघिका सबै प्रावधानहरु सहित सेना सम्बन्धि कुनै पनिकम्पनी या संगठनमा संलग्नता नरहेको कुरा समेत खुलाईनुपर्दछ । यदि त्यस्ता संगठनमा संलग्न भएको ईतिहासभेटिएमा जापानमा विद्यार्थीका रुपमा आउन पाउने छैनन् । जानकारी अनुसार, आर्टिफिसियल ईन्टेलिजेन्ट (एआई) तथा सेनासंग सम्बन्धित कामको ईतिहास भेटिएका विद्यार्थीहरुको सवालमा कठोर नीति लिईने छ ।
यसका अलवा,आणविक उर्जा सम्बन्धिको अध्ययन अनुसन्धनामा संलग्न,राष्ट्रिय सुरक्षा सचिवालय,परराष्ट्र तथा रक्षामन्त्रालय जस्ता निकायहरुमा काम गरेको या सम्बन्ध रहेको खुल्ने विद्यार्धीहरुको हकमा पनि कठोर निति लिने बताइएको छ ।