• मंसिर १२ २०८१, बुधबार

बच्चालाई टन्सिल भए के गर्ने ?

श्रावण ६ २०७८, बुधबार

काठमाडौं ।  घाटिभित्र दुइतिर देखिने ग्लाण्डलाई टन्सिल भनिन्छ । टन्सिलको इन्फेक्सनलाई टन्सिलाईटिस भनिन्छ । दुई बर्ष भन्दा कम उमेरको बालबालिकालाई टन्सिलाईटिस हुदैँन किनकी दुई बर्षसम्म टन्सिलको विकास भएको हुदैँन ।
टन्सिल हेर्दा ठुलो तर ज्वरो घाटि दुख्ने समस्या छैन भने त्यसलाई टन्सिलाईटिस भनिदैन । हरेक घाटि दुखाई टन्सिलको इन्फेक्सनको कारणले हुदैँन । त्यसैले हरेक पटक घाटि दुख्दा बालबालिकालाई एन्छिबायोटिक दिनु पर्दैन । तर टन्सिलाईटिस हुदाँ भने बालबालिकालाई एन्टिबायोटिक बिशेषज्ञको सल्लाह अनुसार पुरा मात्रामा खानुपर्छ । बालबालिकालाई सहज महशुस भएपछि आदि खुवाएर छोड्नु हुदैँन ।
बालबालिकालाई दुई वा तिन पटक टन्सिलाईटिस हुदैँमा शल्यक्रिया गर्नुपर्दैन । चिकितसकको सल्लाह अनुसार औषधि खुवाउँदा हुन्छ ।