काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् ।
कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्ट सहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ।’ प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताए ।
कोरोना महामारीलाई परास्त गर्न सबैजना एकजुट हुनुपर्ने भन्दै उनले निःशुल्क खोप दिन सरकारले सबै प्रयास गर्ने बताए ।