• मंसिर १२ २०८१, बुधबार

काठमाडौँमा १८ वर्ष माथिका नागरिकलाई जोन्सन एण्ड जोन्सनको खोप दिइने

श्रावण ६ २०७८, बुधबार

काठमाडौँ। काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई अमेरिकाले दिएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप दिइने भएको छ। ५० वर्षदेखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिकलाई लगाएर बचेको खोप लगाइने भएको हो । उक्त खोप यही साउन ४ गतेदेखि लगाउन सुरु गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय भएको हो ।