काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २२ सांसदले ओलीलाई प्रतिशोधको राजनीति नगर्न आग्रह गरेका छन् ।
फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठकले ओलीलाई प्रतिशोधको राजनीति नगर्न आग्रह गरेका हुन् ।
सांसदले ओलीलाई क्षमाशील हुन आग्रह गरे । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् ।