काठमाडौं । एमाले नेता भीम रावलको राजीनामा फिर्ताको निम्ती दबाब शुरू भएको छ ।
निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतारिएर राजीनामा दिएको भन्दै फिर्ता लिन आग्रह गरेसँगै अन्य नेताहरुले पनि फिर्ता लिन दबाब दिएका हुन् ।
राजनीति विकृत भएको भन्दै उहाँले दिएको राजीनामा फिर्ता लिन आग्रह गर्दै दवाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौँ आइको हो ।
प्रदेशबाट १२ जना सांसद र माधव समूहका तर्फबाट मन्त्री बनेकाहरु मंगलबार काठमाडौँ आएका हुन्।