• बैशाख २४ २०८३, बिहीबार

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ५२ वर्षीय व्यक्ति पक्राउ

श्रावण ५ २०७८, मंगलवार

दाङ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिराले ती बालिकालाई घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।