• मंसिर १५ २०८१, शनिबार

काँग्रेस महाधिवेशन : गुट-उपगुट बन्ने र भत्किने प्रकृया तीब्र

असार १३ २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशीलता बढ्न थालेको छ ।

महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ ।

पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू गुट–उपगुटको चियाचमेनामा क्रियाशील हुन थालेका हुन् ।

सभापति देउवाको यसअघिको समूहबाट उपसभापति विमलेन्द्र निधी र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी बार्गेनिङका रूपमा मात्रै हो भन्नेहरू पनि छन् ।

यो अवस्थामा निधीबाहेक देउवाले आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधी बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला तल नझर्ने विश्लेषण भीमसेनदास प्रधानको छ ।

उनी अघिल्लो महाधिवेशनमा पहिलो चरणमा कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा देउवा नेतृत्वलाई सभापति बनाउनेमा पर्छन् । ऐतिहासिक ‘लिगेसी’ जोडिएका तीन जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा पनि बढ्न थालेको छ ।

बीपी कोइरालाका पुत्र महामन्त्री डा. शशाङ्क कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधीबीच शुक्रबार कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो ।

यसअघि निधिको निवासमा यसै साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।