• मंसिर १२ २०८१, बुधबार

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा बहुमत सांसदहरुको धर्ना

जेष्ठ २९ २०७८, शनिबार

पोखरा। गण्डकी प्रदेश सभाका बहुमत सांसदहरु प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना बसेका छन्। नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका हुन्।

प्रदेशमा पृथ्वी सुब्बा गुरुङले जनता समाजवादी पार्टी र प्रदेश सभाबाट पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पनि समर्थनमा आफ्नो पुन:दाबि पेश गरेका थिए। विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५०) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेश गरेका थिए ।

प्रदेश सभाका बहुमत सदस्यहरुले सदस्यहरुले नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा आफै उपस्थित भएर हस्ताक्षर गरेका थिए। बहुमत सांसदहरुको चाहना शुक्रबार नै मुख्यमन्त्री नियुक्ती होस भन्ने थियो।तर प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्म समय रहेकाले त्यसपछि निर्णय लिने बताइन् ।

pokhara
तस्बिर/हेमराज आश्रम

मुख्यमन्त्रीमा नियुक्तिको पर्खाइमा रहेका विपक्षी सांसदहरु पृथ्वीसुब्बा गुरुङको दाबी परेको सुन्नासाथ प्रदेश प्रमुख कार्यालय आइपुगे । उनीहरुले जसपा संसदीय दल र दुवै सांसदको समर्थन नेपालीलाई रहेको भन्दै गुरुङले पेश गरेकोे दाबी नक्कली भएको बताए । जनमोर्चाकी सचेतक पियारी थापाले पनि पार्टी साधारण सदस्य समेत नरहेका र सांसदबाट पदमुक्त भइसकेकाले कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु संवैधानिक अपराध भएको बताएकी छन् ।

कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बहुमतलाई स्वीकार नगर्ने हो भने निषेधाज्ञा तोडेर प्रतिगमनविरुद्ध राजनीतिक आन्दोलन गर्ने र अदालत पनि जाने चेतावनी दिएका छन् ।

दिउसो करिब साढे चार बजेदेखि सांसदहरु धर्ना बसेको पोखराबाट जनवादी गायक तथा संगीतकार हेमराज आश्रमले बताए।