• मंसिर १२ २०८१, बुधबार

राउटे युवतीको भयो स्वास्थ्य परिक्षण, दुर्व्यवहार गर्नेलाई कस्तो होला सजाय ?

जेष्ठ २९ २०७८, शनिबार

काठमाडौँ। गुर्भाकोट नगरपालिका ११ आँपसोती सुर्खेतको भेरी नदी किनारमा बसेका राउटे बस्तिका दुईजना युवतीमाथि गतसाता भएको यौन दुर्व्यवहारमा संलग्न युवाहरुलाई कानुनी प्रकृया अघि बढाउन सजिलो भएको छ। शुक्रबार ती दुई राउटे युवतीहरुको मेडिकल परिक्षण भएपछी यौन दुर्व्यवहारमा संलग्न युवाहरुलाई कानुनी प्रकृया अघि बढाउन सजिलो भएको हो।

स्थानिय सरकारी अस्पतालमा भएको मेडिकल परिक्षण गर्न सुरुमा उनीहरुले मानेका थिएनन। तर राउटे समुदायमा धेरै काम गर्दै आएका विभिन्न संघ संस्थाका प्रतिनीधीहरुले सम्झाई बुझाई गरेपछि उनीहरु आफ्नो स्वास्थ्य परिक्षणका लागि राजि भएकी हुन्।

परिक्षण भएको युवतीहरुको मेडिकल रिपोर्ट सार्वजनिक नभएको भएपनि यौन दुर्व्यवहार आरोपित युवाहरुमाथि दुर्व्यवहार लगायतका बिषयमा मुद्दा सुरु गर्ने बाटो खुलेको सुर्खेत प्रहरीले बताएको छ।

samjhana raute
 

हाल आँपसोतीस्थित राउटे बस्तिलाई प्रहरी र प्रशासनले दिएको सुरक्षाका कारण राउटे समुदाय बाहिरको अरु समाज र समुदायबाट सुरक्षित देखिएका छन्।

तर ती युवतीहरुलाई आफ्नै सस्कृति र मान्यताभित्रबाट समस्या हुनसक्ने शंका प्रशासनले गरेको छ। युवतीहरुको मेडिकल परिक्षण भएसंगै जसले उनीहरुलाई दुर्व्यवहार गरेको उसलाई कारवाहीको प्रकृया अघि बढेपछि कानुनी उपचारको बाटो भने सहज भएको छ।

राउटेलाई नजिकबाट हेरेका एक स्थानीयका अनुसार दुई वर्ष पहिले एक अविवाहित राउटे युवतीबाट बच्चा जन्मिदा सो समुदायमा आमा र बच्चा दुबैलाई भित्र भित्रै बेपत्ता पारिएको थियो। त्यस किसिमले ती युवतीहरुलाई पनि उच्च जोखिम छ।

यदी उनीहरुमाथि भएको यौन दुर्व्यवहार राउटे समुदायमा खुलेको खण्डमा उनीहरुलाई सधैं सजाएको थ्रेट भइरहने आशंका धेरै समयसम्म रहने बुझिन्छ।

आजभोलि आँपसोती स्थित भेरी किनारको सो राउटे बस्तीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरि २२ जनाको समूहले २४ सै घण्टा पहरा दिएर सुरक्षा गरिरहेको छ।