• मंसिर १२ २०८१, बुधबार

थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि,५ हजार २२५ जना संक्रमण मुक्त

जेष्ठ २८ २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५९८ जनाको पीसीआर परीक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २२५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।