• फाल्गुन २६ २०८२, मंगलवार

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री नैनकला थापालाई

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौं ।  सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

मन्त्रिपरिषदले आज पाएकाे पूर्णतापछि सिंहदरबारमा बसेकाे पहिलाे बैठकले उनलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत सरकारकाे प्रवक्तामा सञ्चार र तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरिएको जनाएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम-कर्तव्यबारे सम्झाएका थिए  ।