काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिए लगत्तै विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठकमा गठबन्धनको छलफल भएको हो ।
छलफलमा देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल लगायत सहभागी भएका छन् ।
राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता छलफलमा जुटेका हुन्।
पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्।
समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताइएको छ। विपक्षी गठबन्धनको रणनीतिअनुसार प्रदेश २ मा पनि सत्तासमीकरण हेरफेर भएको छ।
असार ९ गतेदेखि देउवासहित १ सय ४६ सांसदले दायर गरेकाे रिट निवेदनलाई प्राथमिकतामा राखेर फास्ट ट्रयाकमा सुनुवाइ हुने भएको छ।