• फाल्गुन २६ २०८२, मंगलवार

विश्वासको मत प्राप्त गर्न असफल भए मुख्यमन्त्री गुरुङ

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

बैठकमा ५८ जना सहभागीमध्ये ५७ जनाले मतदान गरेकोमा प्रदेशसभाको विश्वासको मतको प्रस्तावको पक्षमा २७, विपक्षमा ३० रहेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

पक्षमा परेको उक्त मत बहुमत नभएकोले मुख्यमन्त्री गुरुङको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले बताए ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ मत आवश्यक रहेकोमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेको हो ।