• मंसिर ११ २०८१, मंगलवार

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रम ओली नजाने

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन्। शुक्रबार (भोलि)सभामुख अग्नि प्रसाद सापकोटाले दिउसो २ बजे संसद भवनमा सर्वदलीय बैठक आव्हान गरेका छन्। सभामुखले आव्हान गरेको बैठकमा प्रधानमन्त्री ओलीलाई निम्तो आएको भएपनि उनी सो बैठकमा नजाने प्रेस सल्लाकार सूर्य थापाले बताए।

‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र आएको रहेछ तर प्रधानमन्त्रीको कार्यालय सिंहदरवार हो। प्रधानमन्त्रीलाई पत्र पठाउने होइन भेटेर छलफल गर्ने हो। यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न।’ थापाले भने। नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल भने सभामुखले बोलाएको सो सर्वदलीय बैठकमा सहभागी हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा हुँदा हुदै प्रकृया मिचेर संसद विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदहरुको हस्ताक्षर गरेर संसद विघटन विरुद्ध सर्वोच्च अदालत पुगेको छ। संवैधानिक इजलासमा मुद्धामाथि सुनुवाई समेत सुरु भएको छ। सभामुख सापकोटाले जारी संवैधानिक संकटको समाधन के हुन सक्छ भनेर राजनैतिक छलफल गरिरहेका छन्।