• फाल्गुन २६ २०८२, मंगलवार

प्रदेश नम्बर २ : मागे जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी

जेष्ठ २६ २०७८, बुधबार

जनकपुर । सरकारमा जान लागेको माओवादी फिर्ता भएको छ । मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो ।

माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो । माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए ।

उनले सामाजिक सञ्जालमार्फत् पार्टी सरकारमा सहभागी हुने जानकारी गराए । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटा मात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए ।

आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेस तर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको छ ।