• फाल्गुन २६ २०८२, मंगलवार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवास पुगे

जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिए ।

प्रेस विज्ञ बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ ।

पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अपरान्ह ७ः३० बजेदेखि शीतल निवासमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।