• फाल्गुन २६ २०८२, मंगलवार

सभामुख सापकोटाले जेठ २८ गते बोलाए सर्वदलीय बैठक 

जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरुसँगै सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले सर्वदलीय बैठक  बोलाएको उनको सचिवालयले जनाएको छ ।

जेठ २८ गते संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’

यसअघि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।