• बैशाख २० २०८३, आईतवार

संसद विघटन मुद्दा  : संवैधानिक इजलासले बहसका लागि १५ घण्टाको समय निर्धारण गर्‍यो 

जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं । संसद विघटन मुद्दामा सर्वोच्च अदालतले बहसका लागि दुवै पक्षलाई अधिकतम १५–१५ घण्टाको समय निर्धारण गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले दुवै पक्षको बहस सकिने गरी १५–१५ घण्टाको समय निर्धारण गरेको हो । 

रिट निवेदक पक्षले शुरूमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बहसका लागि समय निर्धारण गरेको हो ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको छ ।