काठमाडौं । जर्मनी सरकारले सहयोग स्वरुप स्वास्थ्य सामाग्री आज सरकारलाई हस्तान्तरण गरेको छ ।
कोरोना महामारी नियन्त्रणमा सहयोगस्वरुप नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेको हो ।
जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५ सय केएन ९५ मास्क, ४ सय गमबुट, २९ हजार पल्स अक्सिमिटर, ३ करोड ३० लाख सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर आज हस्तान्तरण गरिएको हो ।