• फाल्गुन २६ २०८२, मंगलवार

विपक्षी गठबन्धनका शिर्ष नेताहरु देउवा निवास बुढानिलकण्ठमा छलफल गर्दै

जेष्ठ २४ २०७८, सोमबार

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्। बर्तमान राजनैतिक परस्थितिबारे बिमर्श गर्न गठबन्धनका शिर्ष नेताहरु छलफमा जुटेको बुझिएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले पनि छलफल जारी रहेको छ।

उनीहरुबीच २ नम्बर प्रदेश मन्त्रिपरिषद पुनर्गठन साथै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बुढानिलकण्ठ स्रोतले गोलमिडिया न्युजलाई जानकारी दिएको छ।

यस अघि प्रचण्ड र माधव नेपाल साथै प्रचण्ड र देउवाबीच पनि छलफल भएको थियो।