काठमाडौँ। पाकिस्तानमा सोमबार रेल दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाएका छन। सो रेल दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको शहर कराँचीबाट सगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको सिन्ध प्रान्तको घोटकि जिल्लाको डहारकि क्षेत्रमा एक आपसमा ठोक्किएका थिए।
दुर्घटना स्थलमा मानिसहरुको उद्धार कार्य जारी रहेको छ। रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले बताएको छ।